सुदूरपश्चिममा कोरोना ह्वात्तै बढ्यो

  आइतबार ०४, चैत २०८० २१:०५

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्न थालको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीको पछिल्लो चार दिनको तथ्यांकमा प्रदेशका १५ जनामा कोरोना संक्रमण देखिएकोे छ।

आइतवार १०१ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार ११८ जनाको स्वास्थ्य परिक्षण गरेकोमा १ जनामा, शुक्रवार ८१ जनाको स्वाथ्य परिक्षण गरेकोमा १ जनामा कोरोना देखिएको थियो।

यस्तै बिहीवार २३० जनाको स्वास्थ्य परिक्षण गरेकोमा ५ जनामा कोरोना देखिएको हो। आज (आइतवार) एकै दिन आठ जनामा कोरोना संक्रमण देखिएको छ।

clock आइतबार ०४, चैत २०८० २१:०५

प्रतिक्रिया