राजिङ स्टारको सफल अबिभावकत्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

  शनिबार ०३, चैत २०८० २१:४४

धनगढी । धनगढीको राजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले अबिभावकहरुलाई सफल अबिभावकत्व सम्बन्धि प्रशिक्षण दिएको छ । धनगढी उपमहानगरपालिका वार्ड नम्बर ६ मटियारीमा रहेको स्कुलले अबिभावक हरुलाई उत्प्रेरणा दिने उदेश्यले प्रेरणात्मक प्रशिक्षण दिएको हो । 

अबिभवक हरुलाई मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञावालीले प्रशिक्षण दिएका हुन् । पछिल्लो समय अबिभावकले आफ्ना नानी बाबुहरुलाई समय कम दिने, बालबालिकाको मनोबिज्ञान बिपरित काम गर्ने परिपाटी बढेकाले बालबालिकालाई सहि मार्गमा डोर्‍याउन अबिभावक बाटै सम्भव भएकाले कार्यक्रमनै आयोजना गरि प्रशिक्षण दिएको स्कुलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले बताए । 

May be an image of 2 people, violin, wedding and dais

कार्यक्रमबाट बालबालिकाको शिक्षा सङ्गै समग्र बिकासमा अबिभावक निकै जानकार भएको उनले बताए । यसले बालबालिकाको भविष्य सुनिस्चित गर्न समेत सहज हुने उनको भनाइ छ । यो कार्यक्रमले अबिभावक हरुलाई स्कुल शीत जोड्न समेत मद्दत पुगेको शाहीको भनाइ छ ।

कार्यक्रममा ज्ञावाली सङ्गै नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाकि निवर्तमान  नगर उप प्रमुख शुशिला मिश्र भट्ट, सुदूरपश्चिमान्चल क्याम्पसका प्रमुख योगराज गौतम लगायतले कार्यक्रममा प्रशिक्षण दिएका थिए । स्कुलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा करिब २ सय अबिभावक हरुको उपस्थिति थियो ।

May be an image of 8 people, temple, dais and text

May be an image of 8 people, dais and text

 

clock शनिबार ०३, चैत २०८० २१:४४

प्रतिक्रिया