अखिल क्रान्तिकारी धनगढी नगर समितिको अध्यक्षमा पवन सुनार

  शनिबार ०३, चैत २०८० २१:३७

धनगढी । अखिल क्रान्तिकारी धनगढी नगर समितिको अध्यक्षमा पवन सुनार चयन भएका छन् ।

शनिबार धनगढीमा भएको सम्मेलनबाट सुनारको अध्यक्षतामा ३९ सदस्य नगर कमिटी गठन भएको हो ।

अखिल क्रान्तिकारी धनगढी उपमहानगरको दोस्रो नगर सम्मेलनबाट उपाध्यक्षमा विशाल पन्त, दिपेन्द्र बोहरा, किरण मगर, दिनेश हमाल रहेका छन् भने सचिवमा सुनिल प्रसाद जोशी चयन भएका छन् ।

त्यस्तै सहसचिवमा क्षितिज रावल, शिबराज भट्ट, सरोज पाण्डे र कोषाध्यक्षमा पवन कुँवरलाई चयन गरिएको छ ।

clock शनिबार ०३, चैत २०८० २१:३७

प्रतिक्रिया