नेपाली कांग्रेस गोदावरी नगर समितिका सचिव देवकोटा निलम्बित

  शनिबार ०३, चैत २०८० ११:४५

अत्तरिया । नेपाली कांग्रेस गोदावरी नगरसमितिले सचिव अशोकराज देवकोटालाइ निलम्बन गरेको छ । कार्यसमितिका सचिव रहेका देवकोटालाइ शनिवार बसेको बैठकले निलम्बन गरेको हो ।

अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट ठेली प्रकरणमा नाम मुछिएकाले उनलाइ निलम्बन गरिएको समितिका सचिव योगेश भट्टले जानकारी दिए ।

उनका अनुसार उक्त घटनामा निस्पक्ष छानबिन होस भन्दै देवकोटालाइ छानबिन अवधी सम्मका लागि निलम्बन गरिएको हो ।

अत्तरिया उद्योग वाणिज्य संघले लगाएको आठौ संस्करणको सुदुरपस्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएका थिए । उक्त प्रकरणमा निवर्तमान अध्यक्ष सहितका केही ब्यक्तिहरुको नाम मुछिएको थियो ।

clock शनिबार ०३, चैत २०८० ११:४५

प्रतिक्रिया