कैलाली बहुमुखी क्याम्पस परीसरमा सरसफाइ

  शुक्रबार ०२, चैत २०८० १३:२९

धनगढी । कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक खडक बहादुर पछेराको बार्षीक पुण्य तिथिको अवसरमा कैलाली बहुमुखी क्याम्पसमा सरसफाइ गरिएको छ । 

डोटी कैलाली बिद्यार्थी सम्पर्क मञ्च को आयोजनामा उपप्राध्यापक पछेराको बार्षीक पुण्य तिथिको अवसरमा कैलाली बहुमुखी क्याम्पस को खेलमैदान मा सरसफाइ  गरिएको हो ।  

कैलाली बहुमुखी क्याम्पस का सह प्राध्यापक गोविन्द राज जोसीले क्याम्पसलाई मात्रै नभई सुदूर पश्चिम प्रदेशलाई नै ठुलो योगदान गरेको स्मरण गर्दै स्व उपप्राध्यापक पछेराको आत्माको शान्तिको कामना गरे । 

क्याम्पसमा लामो समय देखी अध्यापन गराएका स्व पछेरा सरको क्याम्पसमा गरेको योगदानको कदर गर्दै पहिलो पुण्य तिथिको अवसरमा केएमसीको खेल मैदानमा सरसफाइ  गरिएको सम्पर्क समितिका अध्यक्ष तेजजंग मल्लले बताए । 

यस्तै क्याम्पस मै शुक्रबार साँझ दिप प्रज्ज्वलन को कार्यक्रम समेत राखिएको उनले जानकारी दिए। उपप्राध्यापक पछेराको गत बर्ष आकस्मिक निधन भएको थियो ।

clock शुक्रबार ०२, चैत २०८० १३:२९

प्रतिक्रिया