रिटर्नी सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको अध्यक्षमा केसी निर्वाचीत

  बिहिबार ०१, चैत २०८० १५:३२

धनगढी । नेकपा माओवादी केन्द्र निकट रिटर्नी सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको अध्यक्षमा बिष्णु केसी निर्वाचीत भएका छन् । बुधबार धनगढीमा भएको सेन्टरको प्रथम प्रदेश सम्मेलनबाट केसी अध्यक्षमा सर्बसम्मत निर्वाचीत भएका हुन् । 

सम्मेलनले अध्यक्षमा केसि, उपाध्यक्षमा तेज रोकाया, सचिबमा पुर्णराज अबस्थि सहित २१ सदस्यीय सुदुरपश्चिम प्रदेशको कमिटी सर्बसम्मत निर्वाचीत गरेको हो । अध्यक्ष केसीले सुदुरपश्चिमको जिल्ला, पालिकामा रिटर्नीहरुको संगठन तिब्र रुपमा निर्माण गर्ने बताए ।

पार्टीका केन्द्रिय सदस्य बिरमान चौधरीले भेलालाई सम्बोधन गरेका थिए । चौधरीले विदेशबाट फर्केर श्रम ,सीप ,पूजी र प्रबिधि बोकेर आएका रिटर्नीहरुले रोजगारी सृजना गरि देश विकासमा सहयोग तथा पार्टीका लागि आकर्षक जनमत,सदस्यता वृद्धि गराई नमुनाको संगठन बनी नेकपा (माओबादी केन्द्र)  लाई पुन उचाइमा पुर्याउने बिश्वास व्यक्त गरे ।  

पार्टी प्रदेश सचिव जनक बुढाले रिटर्नि सेन्टरको संगठन निर्माणको लागि पार्टीले सहयोग गर्ने बताए । कार्यक्रममा रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा सुदुरपश्चिम इन्चार्ज अस्मित सिंह, निर्बाचन आयोग सुदुरपश्चिम का प्रतिनिधि तथा बरिष्ठ अधिबक्ता तुलाराम गिरि, अखिल क्रान्तिकारी प्रदेश मुख्य सचिब डम्बर भट्टराई तथा प्रदेश , जिल्ला तथा पालिकाका विभिन्न पदाधिकारी पनि सहभागिता रहेका थिए ।

clock बिहिबार ०१, चैत २०८० १५:३२

प्रतिक्रिया