सुदूरपश्चिमका कानुन मन्त्री भट्टको टिप्पणी - म यहाँ बोलिरहँदा पद गएको पनि हुनसक्छ

  बिहिबार ०१, चैत २०८० १४:३३

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार हलचल भएको सङ्केत गरेका छन् ।

कानूनमन्त्री भट्ट धनगढीस्थित सञ्चालिका समूहले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समावेशीको सवाल विषयमा तालिमको समापन समारोहमा सहभागी हुन पुगेका थिए ।

उनले आफ्नो मन्तव्य दिने क्रममा बोल्दा बोल्दै पद जान सक्ने सम्मको अवस्था सृजना हुन सक्ने बताए ।

‘अहिले घटनाका के हुन्छ थाहा छैन मलाई । म यहाँ बोलिरहेको छु मेरै मन्त्री पद गएको पनि हुन सक्छ’ उनले मन्तव्यमै भने ।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्दा पनि थप दुई सांसदको समर्थन जुटाउनु पर्ने अवस्था सृजना भएको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले समर्थन फिर्ता लिन सक्ने सङ्केत गरेपछि मन्त्री भट्टले मन्त्री पद जुनसुकै अवस्थामा पनि जान सक्ने बताएका हुन् ।

हिजो मुख्यमन्त्री कमल बहादुर शाहले भट्ट सहितको सात सांसदलाई बोलाएर सरकार जोगिने सम्भावना टर्दै गएको ब्रिफिङ गरेका थिए । त्यसको भोलिपल्टै मन्त्री भट्टले आफ्नो पद जुनसुकै अवस्थामा पनि जान सक्ने अभिव्यक्ति दिएका हुन् ।

clock बिहिबार ०१, चैत २०८० १४:३३

प्रतिक्रिया