धनगढी मणीलेक इन्टरनेसनलले मनायो १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

  बुधबार ३०, फागुन २०८० १७:००

धनगढी । धनगढी वडा नम्बर ३ मा रहेको मणीलेक इन्टरनेसनल विद्यालयको १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।  बुधवार एक कार्यक्रमका बिच विद्यालयको १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव सिंह कार्कीको सभापतित्व भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम एकेडेमी एसपीएका क्याम्पस प्रमुख योगराज गौतम रहेका थिए । 

यस्तै विशिष्ट अतिथि धनगढी वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐर, कञ्चनपुर कृष्णपुर वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर रहेका थिए ।

 स्वागत मन्तव्य व्यक्त गर्दै स्कुलका प्रमुख बम बहादुर खनालले विद्यार्थी, शिक्षक तथा अभिभावकसँग समन्वय गर्दै विद्यालयको शैक्षिक गतिविधि अघि बढी रहेको बताए । प्रत्येक अभिभावकले आ आफ्ना छोराछोरीको क्रियाकलाप र गतिविधि  बुझ्न विद्यालयमै आएर शिक्षक शिक्षिकासँग राय सल्लाह लिनुपर्ने धारणा राखे। 

विद्यार्थीलाई स्कुलमा पठाउँदैमा अभिभावकको जिम्मेवारी पुरा नहुने र शिक्षकले पनि कक्षामा पढाएर जिम्मेवारी पुरा नहुने हुँदा विद्यार्थीको भविष्य निर्माण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने बताए । 

विद्यालयले यसका लागी शिक्षासँगै खेलकुद, मनोरञ्जन, ज्ञान सिप क्षमता बृद्धि गर्ने किसिमका विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको बताए । विद्यालय आगामी दिनमा थप व्यवस्थित भएर अघि बढ्ने विश्वास दिलाएका छन् । 

यस्तै वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले विगत लामो समय देखी शैक्षिक गतिविधिलाई अघि बढाइरहेको स्कुलले भविष्यमा धनगढीमा मात्रै नभई सुदूरपश्चिममा अब्बल शैक्षिक संस्थाको रुपमा विकास होस् भन्ने शुभकामना दिए । 

बिद्यार्थीहरुको भविष्य निर्माण गर्ने कुरामा विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन मेहनत, लगनशिल र जिम्मेबार भएर लाग्न सबैमा आग्रह गरेका छन् । 

त्यसका लागी स्थानीय तह तथा वडाबाट प्रदान गरिने सेवा सुविधाका लागी आफू तयार रहेको उनको भनाई छ। 

यस्तै सुदूरपश्चिम एकेडेमी एसपीएका प्रमुख योगराज गौतमले विद्यालयको समग्र क्षेत्रको प्रगति तथा उन्नयनको शुभकामना व्यक्त गरेका छन् । 

उनले विद्यालयको विकासका लागी विद्यार्थी, अभिभावक, शिक्षक तथा सबै क्षेत्रको साथ रहने विश्वास दिलाएका छन् । 

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वर्षभरि विभिन्न विधामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । बिद्यार्थीहरुले नाचगान गर्दै मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सञ्चालन स्कुलकी शिक्षिका अनिता भट्ट र धिरबिक्रम सिँहले गरेका थिए ।

clock बुधबार ३०, फागुन २०८० १७:००

प्रतिक्रिया