माओवादी प्रदेश कमिटी सचिवालय सदस्य ऐर एमाले प्रवेश
धनगढी । नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लोकेन्द्र ऐरले पार्टी परित्याग गरेका छन्।
उनी माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन। पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष बिष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले ऐरलाई टीका र खादा लगाएर स्वागत गरे।
शुक्लाफाटा नगरपालिका-१ का स्थानीयबासी ऐरलाई कैलालीको गोदावरीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो।
उनी २०७४ सालको स्थानीय तह चुनावमा माओवादी केन्द्रका तर्फबाट शुक्लाफाटाको मेयर पदका चुनाव लडेका थिए। ३० बैशाखमा सम्पन्न चुनावको बेला पनि अन्तिम अवस्थामा टिकट खोसिएपछि असन्तुष्ट रहदै आएका थिए।
माओवादीमा इन्चार्ज खगराज भट्टले पेलेको भन्दै असन्तुष्ट बनेका ऐरलाई एमाले युवा नेता वचन बहादुर सिंहलगायतले एमाले प्रवेशको वातावरण मिलाएका थिए।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया