मुख्य तीन दलको सहमतिः एमालेलाई तीन वटा समितिको नेतृत्व दिने
धनगढी । संसदीय समितिको नेतृत्व चयन र संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने विषयमा तीन ठूला दलबीच सहमति जुटेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले प्रतिनिधिसभा र संयुक्त गरी एमालेलाई तीनवटा समितिको नेतृत्व दिने सहमति जुटेको हो। प्रतिनिधिसभामा १० र संयुक्त दुई गरी १२ वटा मध्ये तीनवटा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल एमालेले पाउने भएको छ।
एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार एमालेले संयुक्त समितिका रुपमा रहेको राज्यका नीति निर्देशक समिति, प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अर्को एउटा थप समितिको नेतृत्व पाउने भएको छ। संसदीय समितिकाको नेतृत्वको बारेमा दलहरुबीच कुरा नमल्दिा विषयगत समिति गठनमा ढिलाइ भएको थियो।
त्यस्तै तीन दलले संक्रणकालीन न्याय (टिजे) लाई टुंग्याउन पु¥याउन संसदमा दर्ता भएको विधेयक विशेष समितिमा पठाउने सहमति भएको छ। द्वन्द्वकालका घटनालाई निरुपण गर्न सरकारले ल्याएको विधेयक विशेष समितिमा पठाएर छिटो पास गर्ने समेत सहमति भएको छ।
 
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया