उपनिर्वाचनमा ठूला दलप्रति जनताको चासो देखिएन : सभापति देउवा

  सोमबार ११, बैशाख २०८० १४:१८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ ।

सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने बताउनुभएको छ ।

सभापति देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताउनुभएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने र पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेको जनाइएको छ ।

clock सोमबार ११, बैशाख २०८० १४:१८

प्रतिक्रिया