बारा-२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

  सोमबार ११, बैशाख २०८० १४:०६

बारा । प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। मतगणनका प्रारम्भिक परिणामअनुसार यहाँ जनता समावादी पार्टी (जसपा) का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन्।

६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७०, नेकपा ९एमाले० का पुरुषोत्तम पौडेलले १६६ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले ८० मत पाएका छन्।

clock सोमबार ११, बैशाख २०८० १४:०६

प्रतिक्रिया