तनहुँ–१ मा वाग्लेको फराकिलो अग्रता

  सोमबार ११, बैशाख २०८० १३:०१

तनहुँ । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिएका छन्।

आइतबार रातिदेखि भएको मतगणनामा अहिलेसम्मको मतपरिणामअनुसार कुल २५ हजार ३६९ मत गन्दा वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्।

उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत पाएका छन्। भट्टराईभन्दा वाग्ले ५ हजार ५८ मतले अगाडि छन्। 

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मत प्राप्त गरेका छन्।

clock सोमबार ११, बैशाख २०८० १३:०१

प्रतिक्रिया