तनहुँमा रास्वपा अगाडि : नौ हजार गणना हुँदा वाग्लेलाई ५०१९ मत

  सोमबार ११, बैशाख २०८० ०७:२७

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।

नौ हजार बढी मतगणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।

निर्वाचन आयोगका अनुसार वाग्लेले पाँच हजार १९ मत पाएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भट्टराईले २३ सय ५१ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले १४ सय ४९ मत पाएका छन् ।

आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ । राति साढे १२ बजेबाट मतगणना सुरु भएको हो । अहिलेसम्म पाँच वटा वडाको मत गणना सकिएको आयोगले जनाएको छ ।

clock सोमबार ११, बैशाख २०८० ०७:२७

प्रतिक्रिया