राष्ट्रिय दलित नेटवर्कको अध्यक्षमा मोहन ओड

  आइतबार २०, फागुन २०८० ०८:५२

धनगढी । राष्ट्रिय दलित नेटवर्कको अध्यक्षमा मोहन ओड चयन भएका छन्। नेटवर्कको राष्ट्रिय सम्मेलन तथा १६ औँ साधारण सभाले ओडको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ समितिले शनिवार कार्यभार समेत सम्हालेको छ। कार्यसमितिको उपाध्यक्षमा श्याम सुनार, महासचिवमा पार्वती आग्री, कोषाध्यक्षमा जंगबहादुर सुनार र सचिवमा गीता नेपालीलाई चयन गरेको छ। 

त्यस्तै, सदस्यहरूमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की चयन भएका छन्। सम्मेलनले संस्थापक अध्यक्ष गणेशबहादुर विश्वकर्मालाई संरक्षकको जिम्मेवारी दिएको छ।

विश्वकर्माले समितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

clock आइतबार २०, फागुन २०८० ०८:५२

प्रतिक्रिया