सुदूरपश्चिम सभाको बैठक नबस्दा फुर्सदिला साँसद, निरीक्षण भन्दै कर्णाली र लुम्बिनीमा

  आइतबार १०, बैशाख २०८० १७:४१     विश्वास खबर

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक झन्डै २ महिना हुनै लाग्दापनी बस्न सकेको छैन। झन्डै २ महिना सुदूरपश्चिम प्रदेश सभा बिजनेशविहीन हुदा प्रदेश सभाका साँसद फुर्सदिला बनेका छन् । सरकारले बिजनेस नदिँदा प्रदेश सभा कामविहीन भएको छ।

फागुन २१ गते मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको लिन प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। त्यसपछि झन्डै २ महिना हुनै लाग्दा पनि प्रदेश सभाको बैठक बस्न सकेको छैन। जनताको आवाज सरकार समक्ष पुर्‍याउने संसद नै २ महिनासम्म नियमित रुपमा सञ्चालन नहुँदा संसदबाट काम कार्वाही अघि बढ्न सकेको छैन्। कतिपय बिधेयक नै पारित गराउनुपर्ने छ भने आगामी बर्षको बजेटबारे तयारीमा ढिलाई भएको हो। यो अवधिमा सुदुरपश्चिम प्रदेशसभाले दुई वटा मुख्यमन्त्री पाइसकेको छ।

प्रदेश सभाको बैठक नबस्दा सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरू मात्रै होइन प्रदेश सभा सचिवालयका कर्मचारीहरू पनि फुर्सदिला भएका छन् । पछिल्लो ५० दिन देखी प्रदेश सभाको बैठक बस्न सकेको छैन । अझै केही दिन प्रदेश सभाको बैठक बस्ने तयारी देखिएको छैन ।प्रदेश सभा बिजनेसविहीन भएको मौका छोपी सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, उपसभामुख कोइली देवी चौधरी सहितका प्रदेश सभा सचिवालयका कर्मचारीहरू कर्णाली र लुम्बिनी प्रदेश सभाको निरीक्षणमा गरिरहेका छन् ।

नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावल नेतृत्वको सरकार बिस्वासको मत नपाएर एक महिनामै ढलेपछि कांग्रेस संसदिय दलका नेताबाट कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। तर मुख्यमन्त्री नियुक्त भएको ३ महिना पुग्नै लाग्दा पनि उनले अहिलेसम्म सुदूरपश्चिम सरकार विस्तार गर्न सकेका छैनन्। ६ गते सुदूरपश्चिम प्रदेश सभामा ४ सवारी साधन लिएर १९ जनाको टोली दुई प्रदेश सभाको निरीक्षणमा निस्किए हो । यस अघि यसरी अन्य प्रदेश सभाको निरीक्षण गर्ने कुनै पनि कार्यक्रम प्रदेश सभा सचिवालय वा प्रदेश सभाले बनाएको थिएन । तर, काम विहीन भएपछि उनीहरु नजिकका प्रदेश सभाको निरीक्षणमा निस्किएका हुन् ।प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले अहिले बिजनेस नभएको र एउटा संशोधन मात्रै दर्ता भएको बताए ।

आज कर्णाली प्रदेशको निरीक्षण सकियो अब लुम्बिनी प्रदेशको अवलोकनका लागि प्रस्थान गरिरहेको बताए। सभामुख भीम भण्डारीले अन्तर प्रदेश अनुगमनको नियमित कार्यक्रम अन्तर्गत आफूहरू भ्रमणमा निस्किएको बताए । नियमित कार्यक्रम अनुसार कर्णालीमा कोसी प्रदेश सभामा पदाधिकारीहरूसँग पनि भेट भएको र भोली लुम्बिनीको अनुगमन सकेर हामी फकिने बताए । सभामुख भीम बहादुर भण्डारी, उपसभामुख कोइली देवी चौधरी, प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी र उपसचिव देवेन्द्र राज काफ्लेले प्रयोग गर्दै आइरहेको सवारीमा उनीहरुको जम्बो टोली कर्णाली र लुम्बिनी प्रदेश सभाको निरीक्षणमा निस्किएका छन् ।

मुख्यमन्त्रीले बिश्वासको मतबारे छलफल तथा कुराकानीका लागी मात्रै बैठक बसेपनि बिधयेक र प्रदेश सरकारका कामकाजबारे बैठक बस्न सकेको छैन् । सरकारले अझै पूर्णता पाएको छैन। केन्द्रको मुख ताक्दा उनलाई सरकार विस्तारमा ढिलाइ भएको छ। सत्तारुढ दलहरुबीचको भागबण्डा टुंगो लगाउन प्रदेश सरकारलाई सकस परेको छ। भागबण्डाका लागि केन्द्रमा भर पर्दा अहिलेसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको हो। सरकारलाई पुर्णता पाउन कति समय कुनुपर्ने अझै पनी निश्चत भैसकेको छैन् ।

clock आइतबार १०, बैशाख २०८० १७:४१     विश्वास खबर

प्रतिक्रिया