आज उपनिर्वाचन, बिहान सात बजेदेखि मतदान सुरु

  आइतबार १०, बैशाख २०८० ०७:०४

काठमाडौँ । देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन हुँदैछ। तनहुँ- १, बारा- २ र चितवन- २ मा उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतदान आज बिहान ७ बजेबाट सुरु भइ बेलुका ५ बजेसम्म हुने आयोगले जनाएको छ।

आयोगले उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ।

चितवन- २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यस्तै, बारा- २ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यसैगरी, तनहुँ- १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

clock आइतबार १०, बैशाख २०८० ०७:०४

प्रतिक्रिया