सुदूरपश्चिमका मुख्यमन्त्रीलाई भेट्न रोक, प्रहरी कार्यालयमै स्वामीको अनसन

  शनिबार ०९, बैशाख २०८० १२:५७

दार्चुला । दार्चुलामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई भेट्नमा रोक लगाइएको छ। आज (शनिवार) जिल्लाको गोकुलेश्वरमा जगतपुरी शिवधाम क्षेत्रका महाराज रामानन्द स्वामीलाई मुख्यमन्त्री भेट्नमा रोक लगाइएको हो।

मुख्यमन्त्री कमलबहादुर शाहलाई उनले त्यहाँको विकास निर्माण र केही विवादास्पद विषयवस्तुमा ध्यानाकर्षण गराउन खोजेका थिए। तर, सो विषयमा कुरा गर्न खोज्दा मुख्यमन्त्री र उनका कार्यकर्ताको निर्देशनमा प्रहरीले स्वामीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

त्यसपछि स्वामीले अहिले गोकुलेश्वरमा मौन अनशन थालेका छन्।  यता, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर जगतगाहा मगरले भने अहिले अनसनमा नरहेको बताए।

प्रहरीले नरोकेको र सिडिओले भेटेपछि स्वामी मन्दिरमा फर्किएको उनले बताए। सुदूरपश्चिमका मुख्यमन्त्री शाहसंगै उक्त टोलिमा सोही क्षेत्रका प्रदेश सभा सदस्य विक्रम धामी पनि थिए।

 

clock शनिबार ०९, बैशाख २०८० १२:५७

प्रतिक्रिया