शुभारम्भ मन्टेश्वरी स्कुलले मनायो चौथो बार्षिकोत्सव तथा अभिभावक दिवस

  बुधबार ०९, फागुन २०८० ०७:०९

धनगढी । धनगढीको शुभारम्भ मन्टेश्वरी स्कुलले चौथो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । 

मन्टेश्वरी स्कुलका प्रधानाध्यापक जानकी ओझाको सभापतित्व सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा प्याव्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाह प्रमुख अतिथी रहेका छन् । 

शुभारम्भ मन्टेश्वरी स्कुलको बार्षिकोत्सव कार्यक्रममा मन्टेश्वरीमा अध्ययरत बिद्यार्थि र शिक्षिकाहरुले बिभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।

मन्टेश्वरी स्कुलका प्रधानाध्यापक ओझाले कलिला बालबालिकालाई विद्यालयमा भर्ना गरिने भएकाले उनीहरुको जग बलियो बनाउन सबै कुराको ध्यान दिनुका साथै विद्यार्थीलाई अध्यापनमा मात्रै सिमित नराखेर खेल्ने, नृत्य गर्न पनि सिकाइन्े बताईन । 


शुभारम्भले बालबालिकालाई घरबाट ल्याउन र पुगाउनका लागि भ्यानको समेत व्यवस्था गरेको जनाएको छ ।

clock बुधबार ०९, फागुन २०८० ०७:०९

प्रतिक्रिया