ग्यालेक्सी माध्यमिक विद्यालयको ३० औँ वार्षिकोत्सव संम्पन्न

  सोमबार ०७, फागुन २०८० २०:२८

धनगढी । धनगढी उपमहानगरपालिकामा रहेको ग्यालेक्सी माध्यमिक विद्यालयको ३० औँ वार्षिकोत्सव संम्पन्न भएको छ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा माघ २८ गते देखि फागुन ५ गते सम्म विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गरिएको थियो।

साथै विद्यालयले एस।ई।ई। परीक्षा २०७९ मा सुदुरपञ्चिम क्षेत्रमै ४ जी.पि.ए. सहित उत्तीर्ण भएकी नितु विष्ट, २०८० सालमा सञ्चालीत कक्षा १२ को वार्षिक परीक्षामा विद्यालयमा उत्कृष्ट अंक सहित उत्तीर्ण भएका निखिल सिंह बिष्ट लाई नगद, प्रमाणपत्र सहित दोसल्ला बाट सम्मानित गरिएको थियो।

यसै गरि एम्बिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल शसान्त मडै, इन्जिनियरिङ तर्फ पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल निशान उपाध्यायलाई पनि सम्मानित गरिएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, विभिन्न क्षेत्रका बुद्घिजीविहरु, अभिभावकहरुको सम्मानजनक उपस्थिति रहेको थियो।

clock सोमबार ०७, फागुन २०८० २०:२८

प्रतिक्रिया