सुदुरपश्चिम सरकार बिस्तार उपनिर्वाचनपछि मात्रै, मन्त्रालय भागबण्डाको निर्णय केन्द्रकै

  शनिबार ०९, बैशाख २०८० ०६:४५     विश्वास खबर

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बैशाख १० गतेपछि मात्रै प्रदेश सरकारले पुर्णता पाउने बताएका छन्। बैतडीमा शुक्रबार मुख्यमन्त्री शाहले बैशाख १० गते हुने उपनिर्वाचनलगत्तै प्रदेश सरकारले पूर्णता पाउने बताएका हुन्।

तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनको नतिजाले पार्ने प्रभावपछि केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तारको निर्णय हुने बताइएको छ । सोहीअनुसार प्रदेश सरकार बिस्तार र मन्त्रालय भागबण्डा टुङ्ग्याएर सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहले बताए। तर अझैपनी प्रदेश सरकारले पूर्णता पाउने बिश्वस्त भइसकेको छैन् ।

राष्ट्रपती तथा उपराष्ट्रपतीको निर्वाचनलगत्तै सरकार बिस्तार गर्ने बताएका मुख्यमन्त्री शाहले त्यतीबेला सरकार बिस्तार गर्न सकेनन् । पुनः उपनिर्वाचन लगत्तै सुदुरपश्चिम सरकारले पुर्णता पाउने बताएपनी निश्चित समय भित्र सरकारले पुर्णता पाउने देखीएको छैन्।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ । तर केन्द्रको समिकरण अनुसार मन्त्रालयको भागबण्डा टुङ्ग्याउन पर्खिनु पर्ने देखीएको छ।

यता सुदुरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारीले बैशाख १४र१५ गतेसम्म सदन चल्न सक्ने बताए । तर अझै निश्चीत नभएको उनको भनाई छ । माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको दोस्रो दिन कांग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेश कुमार शाही अर्थमन्त्री बनेका थिए।मुख्यमन्त्रीमा शाह नियुक्त भएको दुई महिना पूरा भएर तेस्रो महिना लाग्न सुरु भएपनी सरकारलाई पूर्णता दिन सकेका छैनन्।

बाँकी ४ मन्त्रालयको जिम्मेबारी दिन र भागबण्डा मिलाउन मुख्यमन्त्री शाहलाई केन्द्रकै भरपर्नुपर्ने अवस्था छ। प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

clock शनिबार ०९, बैशाख २०८० ०६:४५     विश्वास खबर

प्रतिक्रिया