धनगढीको सौँराइ स्क्वायरमा भ्यालेन्टाइन डे मनाइने

  मङ्गलबार ०१, फागुन २०८० ०९:२५

धनगढी । धनगढीको सौँराइ स्क्वायरमा भ्यालेन्टाइन डे को अवसरमा सौँराइ इन्डलेस रोमान्स–२ मनाइने भएको छ । शहिदगेट नजिकै रहेको सौँराइ स्क्वायरमा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति सहित फागुन २ गते (फेब्रुअरी १४ बुधवार) साँझ ६ बजेदेखि १० बजेसम्म सौँराइ इन्डलेस रोमान्स–२ मनाइने भएको हो ।

स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको इन्डलेस रोमान्स भ्यालेन्टाइन डे कार्यक्रममा चर्चित डान्सर मोडेल सदिच्छा चौधरी, सुशीला कार्की, कोपिला सिंह, सिम्पल कान्छा, नाइन एक्स डान्स एकेडेमी लगायतको प्रस्तुति रहने र कपल रोमान्टिक गेमहरू समेत खेलाइने आयोजक सौँराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले बताए ।

सौँराइ ब्याङ्क्युट एन्ड इभेन्ट्सको हलमा साँझ ६ बजेदेखि १० बजेसम्म मनाइने उक्त कार्यक्रमका मुख्य आकर्षणमा निःशुल्क तस्बिर खिचिने ९फेटो सुट०, कार्यक्रम लाइभ गरिने, आकर्षक सजिसजावट तथा रमाइलो वातावरणको सिर्जना गरिने उनले बताए ।

clock मङ्गलबार ०१, फागुन २०८० ०९:२५

प्रतिक्रिया