एमाले जिल्ला अधिवेशनका लागि गोदावरीबाट ६१ प्रतिनिधि छनोट

  सोमबार २९, माघ २०८० ०७:४७

अत्तरिया । एमालेको जिल्ला अधिवेशनका लागि गोदावरी नगरपालिकाबाट ६१ जना प्रतिनिधि छनोट भएका छन । शनिबार र आइतबार गरी एमाले गोदावरीले जिल्ला अधिवेशनमा सहभागि हुने वडा, जनजाती र दलित प्रतिनिधिको टुङ्गो लगाएको हो ।

जसमा वडा नम्बर १ बाट छविन्द्र नाथ योगी, नैन सिह कार्की, गणेश महरा र रत्ना कुवँर जोशी रहेको एमाले गोदावरी पार्टी सहजकर्ता ९इचार्ज० गणेश जिमी साउँदले बताए ।

उनका अनुसार वडा नम्बर २ बाट भरत कुमार साउँद, पुष्पलाल खतिवडा, बालकृष्ण प्रसाई, विष्णुमती धामी, इश्वरा देवी आचार्य र भरत साउँद चयन भएका छन ।

यस्तै वडा नम्बर ३ बाट रामचन्द्र जोशी, बालकृष्ण भट्टराई, बिष्णुमाया बुढा, वडा नम्बर ४ बाट पुष्पराज सुवेदी, डम्बर बहादुर बोहरा, धना देवी खनाल, वडा नम्बर ५ बाट लोेकेन्द्र धामी, पुष्पराज भण्डारी, दयमन्ती पन्त वडा नम्बर ६ बाट जीवन कुमार शाह, योगेन्द्र बहादुर सिह, कृष्णा जोशी चयन भएका छन ।

अधिवेशनका लागि वडा नम्बर ७ बाट अम्बर राज पाठक, कलावती साउँद, वडा नम्बर ८ बाट प्रकाश बहादुर कुँवर, वडा नम्बर ९ बाट कुमार जप्रेल, वडा नम्बर १० बाट रामदत्त भण्डारी, वडा नम्बर ११ बाट नर बहादुर साउँद, वडा नम्बर १२ बाट पशुपति देवी अधिकारी र कर्ण बहादुर साउँद चयन भएका छन ।

यस्तै जनजातीबाट १० र दलितबाट २१ जनाको नाम पनि नगरबाट छनोट गरिएको इन्चार्ज साउँदले बताए । नेकपा एमाले कैलालीले ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुँदैन । कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको छ ।

clock सोमबार २९, माघ २०८० ०७:४७

प्रतिक्रिया