कञ्चनपुरका रानाको मृत्यु प्रकरणमा प्रहरी हवल्दारसहित दुई जना पक्राउ

  आइतबार २८, माघ २०८० १४:०२

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार चौधरी र भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको छ।

पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन्। राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए। रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

clock आइतबार २८, माघ २०८० १४:०२

प्रतिक्रिया