खप्तड निकुञ्जको मध्यवर्ती क्षेत्रमा ब्यापक रुख र काठ कटानी, संलग्न चार जना पक्राउ

  आइतबार २८, माघ २०८० १०:०६

धनगढी। खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ब्यापक काठ कटानी भैरहेको पाइएको छ । शुक्रबार राति निकुञ्ज सुरक्षार्थ खटिएको निकुञ्जको टोली र नेपाली सेनाको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुगमनका क्रममा काठ कटानी भैरहेको पाएको हो।

सोही क्रममा खप्तड राष्ट्रिय निकुञ्ज भित्र फुरु ९तिल्याइलो रुखको गाँठोबाट बनाइने काठको भाँडा० काट्ने चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्ने चारै जना पुरुष रहेको र उनीहरु हुम्लाको नाम्खा गाउँपालिका ३ का बासिन्दा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। पक्राउ पर्नेहरु नाम र अन्य विवरण भने खुलाइएको छैन ।

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं २ मा पर्ने रानीढुङा मध्यवर्ती सामुदायिक वनक्षेत्रको हाँडेढुङाको खोलाको किनारमा उनीहरुलाई राति सात बजे तिर काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तीका सामान सहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट सानो खालको विद्युतीय आरा, नौ वटा तिलाइलो रुखको फुरु ९गाँठो० चारवटा स्पिलिङ ब्याग, वासुलो नाम गरेको हृयामर, खाद्यान्नहरु, सलाई, लाईटर, र दुइ वटा विद्युततिय आराको ब्लेड लगायत बन्दोबस्तीका सामानहरु बरामद गरिएको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिए ।

बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पर्ने खप्तड निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाइने तिलाईलो जातको रुखको गाँठो काटेर अवैध रुपमा बिक्री वितरण हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निकुञ्ज प्रशाशन र सुरक्षा निकाय सक्रिय रहेको पौडेलले बताए। फुरु (गाँठो) काट्ने निहुँमा अन्य जडीबुटी तथा वन पैदावार चोरी शिकार समेत हुने सम्भावना हुने भएकोले यस तर्फ निकुञ्ज प्रशासन चनाखो रहेको उनले बताए ।

पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। तिल्याइलोको गाठोबाट बनेको फुरुको मुख्य बजार तिब्बत हो । तिब्बतीहरु यस्तो खालको काठको भााडोमा खानेकुरा खाँदा खानेकुरामा हुने विषाक्त तत्वहरु निर्मुल हुने विश्वास गर्दछन्। तिब्बती बजारमा फुरुको आकार र बनावट हेरेर प्रतिगोटा २० हजार देखी २० लाख सम्ममा विक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।

clock आइतबार २८, माघ २०८० १०:०६

प्रतिक्रिया