चिकित्सकले शल्यक्रिया गर्न नसक्ने भनेपछि........

  बिहिबार ०७, बैशाख २०८० १५:१७

धनगढी । डडेल्धुरा आलीताल गाउँपालिका वडा नम्बर ३ की लक्ष्मी बोहराको पेट दुख्ने समस्या बढी भएपछि धनगढीको केजी अस्पताल पुगिन । यहि ५ गते अस्पताल भर्ना भएकी बोहराको उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्न नसक्ने भन्दै छाडेको छ ।

अस्पताल भर्ना हुँदा उनको पित्तथैलीमा पत्थरी देखिएको थियो । चिकित्सक डाक्टर दिपक सिंहले सजिलै शल्यक्रिया गर्न सक्ने भन्दै अस्पताल भर्ना गराएका थिए ।

लक्ष्मीको पित्तथैलीमा रहेको पत्थरी निकाल्न पेटमा प्वाल पारेपछि जोखिमपूर्ण हुने भन्दै चिकित्सकहरुले त्यसै छाडेको छोरा लक्ष्मणले बताए । लक्ष्मीलाई बिहीबार साँझ अप्रेशन थियटरमा लगिएको तर डाक्टरले पेटमा प्वाल पारेपछि शल्यक्रिया गर्न नसकिने भन्दै औषधि दिएर घर लैजान बताएका थिए । चिकित्सकले शल्यक्रिया नहुने भनेपछि आफन्तहरु आक्रोसित भएका थिए ।

‘अस्पतालले आमाको यहीँ उपचार भइहाल्छ । अन्त लैजानुपर्दैन भनेर मैले अप्रेशन गर्न मानेको हुँ, तर आधा अप्रेशन गरेर यहाँ गर्न सकिदैन, यो भन्दा अगाडि रिस्क छ भनेर घर लगेर जाउ । दुई महिनापछि काठमाडौं वा बैंलोरको राम्रो अस्पतालमा देखाऊ भन्नुभयो’, बोहराले भने ।

अधुरै अप्रेसनपछि अहिले समस्या भइरहेको प्रतिक्रिया उपचाररत लक्ष्मीको रहेको छ । उनले भनिन –‘अप्रेसन गर्छु भनेर थियटरमा लगेको थाहा छ । मैले त अप्रेसन भइसकेको होला सोचेको तर, अहिले पनि पेट दुखिरहेको छ । तीन ठाउँ प्वाल पारेको छ । स्वास्थ्यमा थप समस्या आएको छ ।’

बोहराले आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा समस्या देखिए अस्पतालले जिम्मेवारी लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका व्यवस्थापक सर्जन डाक्टर सिंहले दूरबिन विधिबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढी देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए ।

‘उहाँ पेट दुख्ने समस्या लिएर आउनुभएको थियो । पित्तथैलीमा पत्थरी देखिएपछि उहाँहरुकै सहमति लिएर दूरबिन विधिबाट शल्यक्रिया गर्न खोजेका थियौं तर आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढी देखिएपछि जोखिम हुने भएकाले औषधि दिएर ७÷८ हप्तापछि गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिएका हौं’, डा। सिंहले भने ।

बिरामीकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा लैजाँदा हुन्छ कि हुदैन भनेर जिज्ञासा राखेपछि काठमाडौं वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए ।

‘उहाँहरुले नै जिज्ञासा राखेपछि हामीले व्यवहारिक रुपमा उहाँलाई लैजाँदा हुन्छ भनेर सल्लाह दिएका हौं । तर तत्काल ज्यानको जोखिम हुने भएकै कारण ९शल्यक्रिया० गर्न नसकिने भनिएको हो । यसमा अन्यथा केही होइन’, डा. सिंहले भने ।

clock बिहिबार ०७, बैशाख २०८० १५:१७

प्रतिक्रिया