धनगढीका पाँचवटा विद्यालयलाई नमुना विद्यालय बनाउन सम्झौता
धनगढी । कैलालीको धनगढी उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता गरिएको छ।
विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधार गर्न आज (बुधबार) टिच फर नेपाल र धनगढी उपमहानगरपालिकाबिच सम्झौता भएको हो।
उपमहानगरभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालबिच सम्झौता भएको हो।
धनगढी उपमहानगरपालिका भित्रका ठेकराज माबी वडा नम्बर ११, सिद्धनाथ माबी-१२, चन्द्रोदय माबी(१८, बेहडाबाबा माबी(१६ र भवानी माबी वडा नम्बर ९ मा उक्त कार्यक्रम लागू गरिने छ।
प्रतिक्रिया