मणिलेक ईन्टरनेष्नल स्कुलले वैशाख २० गतेसम्म निःशुल्क भर्ना गर्ने

  बुधबार ०६, बैशाख २०८० १५:३१     विश्वास खबर

धनगढी । धनगढीको चटकपुरमा रहेको मणिलेक ईन्टरनेष्नल स्कुलले वैशाख २० गतेसम्म निःशुल्क भर्ना गर्ने भएको छ । देशमा देखिएको आर्थिक मन्दिलाई मध्यनजर गर्दै भर्ना निःशुल्क बनाएको स्कुलमा प्रध्यानाध्यापक खडक कुवरले बताए । 

मणिलेकमा पूर्ण तया मन्टेश्वरी विधि र अंग्रेजि माध्यममा अध्यापन गराउँदै आएको बताउँदै उनले विद्यार्थीको क्षमताको आधारमा शिक्षण विधि प्रयोग गरेर पढाउने गरेको बताए । उनले स्कुलमा बिद्यार्थिलाई  पढाइमा मात्रै जोड दीने नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दीने गरेको बताए । 

मणिलेक ईन्टरनेष्नल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।

यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै कुवरले स्कुल भित्र बिद्यार्थिले गर्ने बिबिध गतिबिधिको निगरानी सि। सि। टी। भि। बाट समेत गर्ने गरीएको बताए ।

clock बुधबार ०६, बैशाख २०८० १५:३१     विश्वास खबर

प्रतिक्रिया