नेकपा एमाले कैलालीले आगामी फागुन ६ र ७ गते नवौँ अधिवेशन गर्ने

  शुक्रबार १९, माघ २०८० २१:००

धनगढी ।  नेकपा एमाले कैलालीले सुख्खडमा नवौँ जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते गर्नेभएको छ।

पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्ना लगायतले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको लोगो सार्वजनिक गरेका छन् । 

पूर्व सङ्घीयमन्त्री समेत रहेका नेता ठगुन्नाले नवौँ अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बताए ।

‘पालिका, सङ्घ, प्रदेश कैलाली जिल्ला एमालेको बनाउँ किल्ला’ भन्ने नाराका साथ हुन लागेको अधिवेशनमा १५० सदस्यीय कमिटी बनाउन ५६० जना प्रतिनिधि सहभागी हुने एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए ।

clock शुक्रबार १९, माघ २०८० २१:००

प्रतिक्रिया