माओवादीको धनगढी नगर कमिटी गर्याे भट्टलाई साधारण सदस्य नरहने गरि कारवाहि

  बुधबार ०६, बैशाख २०८० १३:४०     विश्वास खबर

धनगढी । नेकपा माओवादी केन्द्रको धनगढी उपमहानगर कमिटीले सचिवालय सदस्य डिल्लीराज भट्टलाई कारबाही गरेको छ।

माओवादीको कोटाबाट सेती प्रादेशिक अस्पताल धनगढीको व्यवस्थापन समिति सदस्य समेत बनेका भट्टलाई माओवादीको नगरकमिटीले पार्टीबाट निकालेको हो।

नगर कमिटीको बैठकका अध्यक्ष सुरज खातिकाे अध्यक्षतामा बसेकाे बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालेको जनाइएको छ।

पार्टीको विधि र विधानविपरीत कार्य गरेको भन्दै उनलाई कारबाही गरिएको हो। कारबाही गर्नुअघि भट्टलाई स्पष्टीकरण सोधिएकोमा उनले चित्तबुझ्दो स्पष्टीकरण दिएका थिएनन्।

clock बुधबार ०६, बैशाख २०८० १३:४०     विश्वास खबर

प्रतिक्रिया