फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दैछौंः परराष्ट्र मन्त्री साउद

  आइतबार १४, माघ २०८० १९:०७

धनगढी । कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।

खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताए। ‘फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ। त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ। खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ।

पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ,’ आइतवार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले यस्तो भनेका हुन्।

clock आइतबार १४, माघ २०८० १९:०७

प्रतिक्रिया