डडेल्धुराको एमाले जिल्ला कमिटी विघटन, संयोजकको जिम्मेवारी शाहीलाई

  मङ्गलबार ०५, बैशाख २०८० २१:३०

डडेल्धुरा । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले डडेल्धुराको जिल्ला कमिटी विघटन गरेको छ ।

पार्टी क्रियाशील नरहेको र अनुसासन उलंघन गरेपछि जिल्ला कमिटी बिघटन गरिएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

पार्टी प्रदेश कमिटीले गजेन्द्र शाहीलाई संयोजकको जिम्मेवारी समेत तोकेको छ । उनलाई असार मसान्त भित्र विशेष जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश कमिटीलई जानकारी गराउन पत्रसमेत दिइएको छ ।

जिल्लाको संयोजकको जिम्मेवारी पाएका शाही बिघठित जिल्ला कमिटिका सचिव समेत हुन् । उनको संयोजकत्वमा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी तयार गरिएको छ ।

clock मङ्गलबार ०५, बैशाख २०८० २१:३०

प्रतिक्रिया