निसर्ग हस्पिटलमा सिटिजन बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट

  बिहिबार ०२, चैत २०७९ १६:३०     विश्वास खबर

धनगढी, २ चैत्र । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि ले सिटिजन बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका कर्मचारी र  ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन । 

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि का अध्यक्ष तिर्थराज पन्त तथा सिटिजन बैंकका प्रदेश प्रमुख हरिप्रसाद घिमिरे र शाखा अधिकृत मन्जु पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुवै पक्षबिच २०७९ चैत २ गतेबाट लागु भई एक वर्षको सम्झौता अवधि रहनेछ । 

निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा प्रदान गराउँदै आएको छ ।

clock बिहिबार ०२, चैत २०७९ १६:३०     विश्वास खबर

प्रतिक्रिया