गर्भ निरोधक कपर–टीले ११ वर्षदेखि दिएको तनाव ४५ मिनेटमै समाधान

  सोमबार ०४, बैशाख २०८० १४:२९     विश्वास खबर

धनगढी। अनिच्छित गर्भ रोक्न कपर–टी राम्रो विकल्प मानिन्छ। यो पछिल्लो समय गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय समेत मानिएको छ।

त्यही भएर धनगढी ५ हसनपुरकी ३६ वर्षीया विनिता (नाम परिवर्तन)ले शल्यक्रियामार्फत पहिलो सन्तानलाई जन्म दिएपछि चिकित्सकले पाठेघरमा कपर–टी राखिदिए।

तर कपर–टी राख्नेबेलामा उचित ध्यान नदिँदा महिलाले दुःख पाइरहेका उदाहरणमध्ये विनिता पनि एक हुन्। उनले ११ वर्ष पहिले भारतको एक हस्पिटलमा शल्यक्रिया (सिजर)मार्फत सन्तान जन्माएपछि कपर–टी राखेकी थिइन्।

त्यही कपर–टी केही समयपछि निकाल्न खोज्दा भने उनले निकै सकस झेल्नुपर्यो। स्वास्थ्यकर्मीले राखिएको कपर–टी पाठेघरको भित्री मासुमा टाँसिएर बसेको र बेहोस गरेर मात्रै निकाल्न सकिने जवाफ दिए।

बेहोस गर्ने कुराले उनी आत्तिइन्। विनिताले सजिलै निकाल्न सकिने उपायका लागि धेरै अस्पताल धाइन्। कतै उपाय नभेटेपति उनी फर्केरु कपर–टी राखिदिने अस्पतालमै पुगिन्। त्यहाँ पनि सहजै निकाल्न नसकेपछि बेहोस पारियो तर कपर–टी निकाल्न सम्भव नभएको विनिताले सुनाइन्।

कपर–टी राखिएको ११ वर्षपछि उनी धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा आफ्नो समस्या लिएर पुगिन्। उनको समस्या सुन्नेवित्तिकै हस्पिटलकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा नजमुस्वा अन्सारीले विनिताको पाठेघरको भित्री भागको मासुमा टाँसिएको कपर–टी सामान्य दुखाई कम गर्ने औषधिको प्रयोग गरेर दुर्बिनको माध्यमबाट निकालिदिइन्।

‘सामान्य अबस्थामा रहेको कपर टि निकाल्न ५ देखि ७ मिनेट मात्रै लाग्ने हो’, डा अन्सारीले भनिन्, ‘उहाँको सवालमा पाठेघरको मुख सानो भएको र पाठेघरको भित्री भागमा टाँसिएर बसेका कारण ४५ मिनेट खर्चिनुपरेको हो।हस्पिटलकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा।नजमुस्वा अन्सारी बताउछिन ।

clock सोमबार ०४, बैशाख २०८० १४:२९     विश्वास खबर

प्रतिक्रिया