प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवासमा

  सोमबार ०४, बैशाख २०८० ११:१३     विश्वास खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा सोमबार बिहान एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवास पुगेका थिए।

एमाले अध्यक्ष ओली केही दिनदेखि भाइरल ज्वरोका कारण बिरामी परेका छन्। उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र संसदमा रहेका विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट पुगेका हुन्।

सभामुखसहित तीन नेताहरूबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफल भइरहेको छ।  

यी विधेयकका विषयमा नेताहरूबीच यसअघि पनि छलफल भएको थियो।  

clock सोमबार ०४, बैशाख २०८० ११:१३     विश्वास खबर

प्रतिक्रिया