गठबन्धनबाट काँग्रेस सभापती भट्ट, बोहरा र चन्द उमेदवार

  सोमबार २३, पुष २०८० ०८:१३

धनगढी । राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनले उमेदवारको टुंगो लगाएको छ ।

गठबन्धनले सुदूरपश्चिममा काँग्रेसलाई अपांग र अन्यमा गरी २ सीट र नेकपा माओवादीलाई महिला कोटाको १ सीट दिने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रले महिलामा बैतडीकी रेणु चन्दलाई उमेदवार बनाउने निर्याय गरेको छ भने काँग्रेसले अपांगमा नारायणदत्त भट्ट र अन्यमा बलदेब बोहरालाई उमेदवार बनाउने निर्णय गरेको प्रदेश महामन्त्री मेखराज खडकाले बताए ।

माओवादी केन्द्रकी चन्द पुर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन भने भट्ट नेपाली काँग्रेस कैलाली जिल्ला अध्यक्ष हुन । उनी २०६२÷६३ सालको जनआन्दोलनमा घाईते भएका थिए । बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधान सभा सदस्य हुन । 

भट्ट र बोहरा दुबैजना पार्टी सभापती शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट कैलाली र कञ्चनपुर झरेका हुन । पुस २३ गते मनोनयनको समय तालिका छ । 

एमालेले यसअघि नै उमेदवारको टुंगो लगाई सकेको छ । एमालेले अन्यमा कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलामा कैलालीकी सावित्रा घिमिरे र  अपांगमा कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको हो ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य रहेका नेकपा माओवादी केन्द्रका हरिराम चौधरी ९उत्सव० र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

clock सोमबार २३, पुष २०८० ०८:१३

प्रतिक्रिया