प्रदेश सभाका सभापतिको चुनाव पौष २५ गते हुने

  आइतबार २२, पुष २०८० २०:१५

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार वटा संसदीय समितिका सभापतिको निर्वाचन पौष २५ गते हुनेभएको छ।

प्रदेश सभाले आइतवार सूचना प्रकाशित गरेर सभापतिको निर्वाचनको जानकारी गराएको हो। 

आइतवार प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जारी गरेको सूचना अनुसार पौष २४ गते सभापतिका उम्मेदवारको मनोनयन र २५ गते निर्वाचन हुने भएको छ।

यसअघि असोज १२ गते हुने भनिएको सभापतिको चुनाव अन्तिम समयमा स्थगित गरिएको थियो। 

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरेर चार वटा संसदीय समिति रहेका छन्। 

चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने व्यवस्था रहेको छ। 

clock आइतबार २२, पुष २०८० २०:१५

प्रतिक्रिया