अनेरास्ववियु नगर कमिटीले धनगढीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने

  आइतबार ०३, बैशाख २०८० १५:२९

धनगढी । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगर कमिटिले उपमहानगरका १९ वटै वडामा अगामी बैशाखको पहिलो सातादेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने नगर अध्यक्ष नितिश जोशीले जानकारी दिए ।

कार्यक्रमले जनता र जनतप्रतिनिधिबीच गुनासा, सुझाव र समस्याको दोहोरो अन्तरक्रिया गर्न सहयोग पुगाउने विश्वास जोशीको छ ।

स्थानीय सरकारले नयाँ वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिरहेका बेला आयोजना गरिने कार्यक्रमले जनगुनासो सम्बोधन हुने गरी बजेट निर्माण गर्ने काममा पनि सघाउ पुग्ने उनी बताउँछन् ।

clock आइतबार ०३, बैशाख २०८० १५:२९

प्रतिक्रिया