मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै

  आइतबार ०३, बैशाख २०८० ०९:५४

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साझ बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई शपथको तयारी गर्न सूचना पठाइ सकेका छन् ।

आइतबार ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। बाँकी मन्त्रीको नाम भने कांग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने तयारी गरेको छ ।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।

clock आइतबार ०३, बैशाख २०८० ०९:५४

प्रतिक्रिया