राष्ट्रिय युवा संघमा सुदूरपश्चिमबाट सचिवमा चन्द र शाह सर्वसम्मत

  बिहिबार ३०, चैत २०७९ १४:२६

धनगढी । सुदूरपश्चिम प्रदेशले राष्ट्रिय युवा संघ नेपालका दुई जना सचिव पाएको छ ।

नेपालगञ्जमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट निवर्तमान सचिव तथा प्रदेश इन्चार्ज समेत रहेकी बिस्ना चन्द र प्रदेश संयोजक विनय शाह सर्वसम्मत सचिवमा चयन भएका हुन् ।

चन्द महिला र शाह सुदूरपश्चिम भूगोलतर्फ सचिवमा सर्वसम्मत चुनिएका हुन् । अध्यक्षमा भने क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । निवर्तमान महासचिव समेत रहेका थेबे सर्वसम्मत हुँदा महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् ।

महासचिवमा सुमन पुरी चयन भएका छन् । युवा संघका इन्चार्ज महेश बस्नेतले नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गरेका थिए ।

clock बिहिबार ३०, चैत २०७९ १४:२६

प्रतिक्रिया