चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएपछि सकियो एमालेको 'संकल्प यात्रा'

  आइतबार ०१, पुष २०८० १४:०५

काठमाडौं । मंसिर १४ गतेदेखि बैतडीको झुलाखालबाट सुरू भएको नेकपा एमालेको झुलाघाट-चिवाञ्ज्याङ मध्य पहाडी संकल्प यात्रा पाँथथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको छ। 

आइतबार चिवाभञ्ज्याङ पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल-भारत सीमानाका चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गरेका हुन्।

संकल्पयात्राको अन्तिम दिन अध्यक्ष ओ‌लीसहित एमाले शीर्ष नेताहरू हेलिकोप्टरबाट नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ पुगेका थिए। ओलीले १४ मंसिरमा बैतडीको झुलाघाटमा यात्राको उद्घाटन गरेका थिए।

clock आइतबार ०१, पुष २०८० १४:०५

प्रतिक्रिया