डोटीको सिताराम स्कुलमा ४० बर्ष अध्यापन गराएका शिक्षक रोस्याराले अक्षय कोष स्थापना गरे

  बुधबार २९, चैत २०७९ १४:५४     विश्वास खबर

धनगढी । डोटीको शिखर -९ मा रहेको पुरानो स्कुल सिताराम माध्यमिक बिधालयमा अक्षय कोषको स्थापना गरिएको छ । सोही बिधालयमा ४० बर्ष अध्यापन गरेको पुर्ब शिक्षक उमाकान्त रोस्याराले २ लाखको ज्ञान चक्षु कोष स्थापना गरेका हुन ।

आज एक कार्यक्रमका बिच उनले बिधालयका प्रधानाध्यापक केशर सिँ बिष्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।  कोष स्थापना गरेर स्कुल प्रती सद्भाव राखेकोमा प्रधानाध्यापक बिष्टले रोस्याराको उक्त कार्यको प्रशंसा गरे ।

कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष पुष्पराज पन्त, ९ का वडा अध्यक्ष जगन्नाथ भट्ट, ज्ञानज्योती आधारभुत बिधालयका प्रधानाध्यापक सिद्दराज रोस्यारा लगाएतको सहभागीता रहेको थियो । उक्त कोष मार्फत जेहेन्दार बिद्यार्थीलाई सहयोग गरिने उनले बताए ।

रोस्याराले भने 'आफुले पढेको र पढाएको बिधालयमा केही गर्ने हुटहुटी थियो, त्यसैले धेरै नभए पनि जेहेन्दार बिद्यार्थीलाई सानो सहयोग होस् भन्ने हेतुले कोष स्थापना गरेको हुँ' ।

उक्त बिधालयमा यो दोस्रो अक्षय कोष हो । सिताराम स्कुल सुदुरपश्चिम कै पुरानो स्कुल हो । उक्त बिधालयमा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउबा, सांसद वीर बहादुर बलायर , एमाले सचिब लेखराज भट्ट , पुर्बमन्त्री भक्त बहादुर बलायर , सिद्धराज ओझा लगाएतले अध्यन गरेका थिए ।

clock बुधबार २९, चैत २०७९ १४:५४     विश्वास खबर

प्रतिक्रिया