राष्ट्रिय युवा संघको केन्द्रीय सचिवमा सुदूरपश्चिम संयोजक शाहले दिए उम्मेदवारी

  बुधबार २९, चैत २०७९ १४:४८

धनगढी । राष्ट्रिय युवा संघ नेपालका सुदूरपश्चिम प्रदेश संयोजक इन्जिनियर विनय शाहले केन्द्रीय सचिवमा उम्मेदवारी दिएका छन् । नेपालगञ्जमा जारी युुवा संघको नवौँ राष्ट्रिय महाधिवेशनमा शाहले सुदूरपश्चिम प्रदेश ९भूगोल०बाट केन्द्रीय सचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले संस्कारद्वारा राष्ट्रिय पुँजी निर्माण गर्दै समाजवाद उन्मुख हुँदै साम्यवादमा पुग्ने लक्ष्यका लागि आफूले सचिवमा उम्मेदवारी दिएको प्रतिक्रिया दिए । युवा संघको केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग उपप्रमुख समेत रहेका शाहले गत साउनमा प्रदेश संयोजकको जिम्मेवारी पाएका थिए ।

२०७२ सालमा राष्ट्रिय युवा संघको केन्द्रीय कमिटि सदस्यमा बनेका शाहले जिल्लादेखि युुवा संघको राष्ट्रिय राजनीतिमा छुट्टै खालको छवी बनाएका नेताको छवि बनाएका छन् । २०६२ सालमा काठमाडौँको नेपाल कलेज अफ इनफर्मेसन टेक्नोलोजी (एनसीआईटी) बाट पार्टीको भातृ संगठन अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका थिए ।

विद्यार्थी राजनीतिमा प्रवेश गरेको छोटो समयमै लोकप्रिय बनेका थिए । शाह पेशाले इलेक्ट्रोनिक एण्ड कम्युुनिकेशन इन्जिनियर र सिस्टम इन्जिनियर पनि हुन् । शाहसँगै केन्द्रीय सचिवमा कञ्चनपुरका कमल गिरीले पनि उम्मेदवारी दर्ता गराएका छन् । गिरी राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज पनि हुन् ।

clock बुधबार २९, चैत २०७९ १४:४८

प्रतिक्रिया