रेशमको सुनसान घरमा एक्ली आमा
टीकापुर । टीकापुर घट्नामा दोषी ठहर भएपछि काठमाण्डौंको डिल्ली बजार कारागारमा सजाय काटिरहेका रेशम चौधरीलाई भेट्न मान्छेले पालो कुर्नु पर्छ । राष्ट्रपतिको निर्बाचनमा साथ दिन रामचन्द्र पौडेल समेत रेशमलाई भेट्न कारागार पुगेका थिए । रेशमलाई कारागार पुगेर नभेट्ने राजनैतिक दलका नेताहरु बिरलै छन् । प्रायः हरेक जसो दलका शिर्ष नेताहरु र तिनका संवाहकहरु पटक पटक कारागार पुगेका छन् ।
सुदूर पश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पनि विश्वासको मत दिन आग्रह गर्दै रेशमलाई पटक पटक भेटे । यद्दपि रेशमको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत रावलले पाएनन । र, एक महिनामै सरकारबाट बाहिरिनु प¥यो । त्यसपछि मुख्यमन्त्रीको शपथ लिएका नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले पनि पटक पटक कारागारमै पुगेर रेशमलाई भेटे ।
आफूलाई भेट्न आउने हरेक व्यक्तिलाई रेशम तातो, चिसो, कफि र चिया के पिउने भनेर सोध्न छुटाउदैनन । र, आगन्तुकको माग अनुसारको खानेकुरा मगाउछन् ।
तर कैलालीको जानकी गाँउपालिका– ७ जगतपुरमा स्थित रेशमको घर भने सुनसान छ । घर कुरेर बसेकी रेशमकी आमा सुल्फीदेवी एक्ली छन् । सुल्फीदेवीका चार छोरा मध्य जेठा रेशम कारागारमा छन् । बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका सुल्फीदेवीका पति लालबीर चौधरी जितेपछि फर्केका छैनन । कान्छी पत्नीसंगै टीकापुर बस्ने गरेका लालबीर चुनावअघि पनि कहिलेकाही मात्र घर आउथे ।
बुहारी रञ्जिता मन्त्री बनेको खबरले खुशी भएकी सुल्फीदेवीका दुःख सुनिदिने भने कोही छैन । न त उनलाई बुहारी भेट्न आएकी छन् । न त पति लालबीर नै । न त कसैको फोन आएको छ ।
छोरा रेशमको पार्टी नागरिक उन्मुक्तिको समर्थनमा जगतपुरकै कमल बहादुर शाह सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भएका छन् । पति लालबीर सांसद छन् । कैलाली –१ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित रेशम पत्नी जेठी बुहारी रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भएकी छन् । तर सुल्फीदेवीको दुःख निवारण गर्ने कोही छैन । भन्छिन्, गाँउका मान्छे आएर सुनाउछन्, तिम्रो बुहारी मन्त्री भईन । अव त तिम्रो छोरा जेलबाट छुट्छ ।
टीकापुर घट्नामा दोषी ठहर भई कारागारमा रहेका रेशम लगायतहरुको रिहाईका लागि आफ्ना उम्मेदवारहरुलाई जिताउन नागरिक उन्मुक्ति पार्टीले २०७९ को प्रतिनिधि सभाको निर्बाचनमा ‘तोहर छोरा जेलम परल बा’ बोलको गीत प्रयोग गरेको थियो ।
रेशमकै निर्देशनमा शाह मुख्यमन्त्रीको नियुक्त भएको भोलिपल्ट रेशमकी आमासंग आशिर्वादन लिन धनगढीबाट जगतपुरस्थित घर पुगेका थिए । मुख्यमन्त्री शाहलाई सुल्फीदेवीलाई छोरा रेशमलाई जेलबाट छुटाउन आग्रह गरेकी थिईन ।
रेशम जेलबाट छुट्ने आसैआसमा दिन काटिरहेकी सुल्फीदेवी घरमा आउने जो कोहीलाई सोध्छिन्, मेरो छोरा जेलबाट कहिले छुट्छ रु
प्रतिक्रिया