प्रचण्डले भने– लेखराजको घरसंग ४० वर्षदेखिको सम्बन्ध छ

  आइतबार २६, चैत २०७९ १२:५८     विश्वास खबर

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको घरसँग चार दशकदेखिको सम्बन्ध रहेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुन आइतबार धनगढी अवतरण गरेका प्रधानमन्त्री दाहाल एमालेका नेता भट्टको निवासमा पुगेका थिए।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भट्टलाई निवासमै भेटेर निस्किँदा ‘यो घरसँग ४० वर्षदेखिको सम्बन्ध’ रहेको बताए।

‘यो घर मेरो पनि घर हो, यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ जहिल्यै आउँदा मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो,’ दाहालले भने, ‘बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो, अरु त्यस्तो एजेण्डा केही थिएन।’

सम्बन्धित शिर्सक
clock आइतबार २६, चैत २०७९ १२:५८     विश्वास खबर

प्रतिक्रिया