प्रधानमन्त्री प्रचण्ड र एमाले नेता लेखराज भट्टबीच भेटवार्ता
धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।
आज विहान एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरुबीच भेटवार्ता भएको हो। सुदुरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमै पुगेर प्रधानमन्त्रीले भेटवार्ता गरेका छन्।
सो क्रममा भट्टले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन्। प्रधानमन्त्री प्रचण्डसहितको टोलीले भट्ट निवासमा खाजा समेत खाएको छ। भट्टको सचिवालयले यसलाई परिवारिक भेट भनेको छ।
भट्ट माओवादी नेता एवं प्रचण्डको कोर टिममा रहेर काम गरेका हुन। नेकपाको विभाजनपछि भट्ट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर एमालेमा नै बसेका थिए।
सचिव भट्टले प्रधानमन्त्री दाहाललाई चिया निम्तो दिएको र त्यसलाई स्वीकार गरी अत्तरियास्थित भट्टको घरमा गएर उनीसँग भेटवार्ता गरेको दाहालको सचिवालयले जानकारी दिएको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया