डोटीको बन्लेकमा भएको स्वाथ्य शिविरमा १ सय ३० जना बिरामीले लिए सेवा

  शनिबार २५, कार्तिक २०८० २१:०४

डोटी । शिखर नगरपालिका – १० बन्लेकमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय ३० जना बिरामीले सेवा लिएका छन् ।

दीपावलीको अवसर पारेर अमेरिकामा बस्दै आएका गणेश लुहार (निश्चल) को आर्थिक सहयोग एबं सहरी स्वाथ्य केन्द्र बन्लेकका प्रमुख दिपक बलायरको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो ।

जाडो मौसम सुरुवात भएसँगै जेष्ठ नागरिकहरुको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बन्लेक सहरी स्वास्थ्य केन्द्रका प्रमुख दिपक बलायरले बताए ।

शिविरमा प्रेसर, दम, सुगरको चेकजाँच गर्नुका साथै सामान्य उपचार गरिएको उनले बताए । स्वास्थ्य समस्या देखिएका बिरामीहरुलाई निशुल्क औषधि पनि वितरण गरिएको थियो ।

शिविरमा ७० जना पुरुष र ६० जना महिलाले स्वाथ्य सेवा लिएको आयोजकले जनाएको छ।

clock शनिबार २५, कार्तिक २०८० २१:०४

प्रतिक्रिया