राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै

  मङ्गलबार २१, कार्तिक २०८० ०६:४८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भूकम्प प्रभावित जिल्ला जाँदै छन् । युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन् । 

राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

यही कात्तिक २२ गते फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहीबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । फ्रान्सको पेरिसमा हुने ुपीस फोरमुमा सहभागी हुने राष्ट्रपति पौडेलको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले समते स्वीकृति दिइसकेको थियो ।
 

clock मङ्गलबार २१, कार्तिक २०८० ०६:४८

प्रतिक्रिया