नेविसंघ केन्द्रीय समितिको पदस्थापनको तयारी

  शुक्रबार १७, कार्तिक २०८० ११:३३

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० का केन्द्रीय सदस्यहरूलाई पदस्थापनको तयारी भएको छ । महाधिवेशन गर्न नसकेको नेविसंघमा कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउनमा ७१० जनालाई मनोनीत गरेका थिए । 

तर मनोनीत भएकाहरुलाई अहिलेसम्म पदस्थापन गरिएको थिएन । उनीहरुलाई २० र २१ गते काठमाडौंमा विशेष कार्यक्रमका बीच पदस्थापन गराउने तयारी भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

शेर्पा पनि मनोनीत अध्यक्ष हुन् । नेविसंघका तत्कालिन अध्यक्ष राजीव ढुंगानाले अधिवेशन गराउन नसकेपछि विघठित भएकोमा सभापति देउवाले ०७८ को चैतमा शेर्पालाई नेविसंघको अध्यक्ष मनोनीत गरेका थिए ।

 शेर्पा नेतृत्वको केन्द्रीय समितिलाई देउवाले दुई वर्षपछि पूर्णता दिएका हुन् भने मनोनीत भएको चार महिनापछि उनीहरुलाई पदस्थापन गराउने तयारी भइरहेको छ ।

त्यही अवसरमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका नेताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष शेर्पाले बताए ।

clock शुक्रबार १७, कार्तिक २०८० ११:३३

प्रतिक्रिया