धनगढीमा विश्व स्वास्थ्य दिवस मनाइयो

  शुक्रबार २५, चैत २०७९ १५:०२     विश्वास खबर

धनगढी । धनगढीमा विश्व स्वास्थ्य दिवस मनाइएको छ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय कैलालीको आयोजना र विश्व स्वास्थ्य संगठनको सहकार्यमा दिवस मनाइएको हो।

यो वर्ष सबैका लागि स्वास्थ्यू नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइएको छ। शुक्रवार विहान सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले  स्वास्थ रहन आहार, विहार र विचारमा सन्तुलन कायम गर्न सक्नुपर्ने बताए। उनले योग, ध्यान र सात्विक आहार र विचारबाट स्वास्थ र सुखी जीवन जिउन सकिने बताए।

प्रदेश स्वास्थ निर्देशक डाक्टर जगदीश जोशीले स्वस्थ रहन नियमित व्यायाम गर्नुपर्ने बताए। उनले स्वास्थ रहन योग, ध्यान, खेलकुदमा नियमित सहभागी हुनुपर्ने कुरामा जोड दिए।

यस्तै, प्रदेश स्वास्थ्य प्रबर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काले व्यक्तिको स्वास्थ्य जीवनशैलीले परिवार समाज र राष्ट्रलाई फाइदा पुग्ने बताए। उनले स्वास्थ्य अमूल्य सम्पत्ति भएकाले सक्रिय जीवनयापनकान गर्दै, कुलत रहित दैनिकी हुनुपर्ने बताए।

विश्व स्वास्थ दिवसको अवसरमा  ूवाक द टकू प्रतियोगिताका पनि आयोजना गरिएको थियो। प्रतियोगितामा  महिलातर्फ कञ्चन धामी, प्रथम र गीता डाँगी द्वितीय भएका थिए भने पुरुषतर्फ महेन्द्र साउँद प्रथम तथा जनक साउँदर  महेश गिरी द्वितीय भएका थिए।

clock शुक्रबार २५, चैत २०७९ १५:०२     विश्वास खबर

प्रतिक्रिया